मेष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । गुरुको सुझाव अनुसार अगाडि बढेमा व्यवहार सहज बन्नेछ । राजनीतिक क्षेत्रमा भने झुटो आश्वासनले सताउने देखिन्छ ।
वृष : स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । सम्पत्ति अर्कोको हातमा पर्ने जोखिम छ । तपाईंले गरेको कामको जस मिल्ने छ ।
मिथुन : मिहिनेतको फल मिल्नेछ । काम गर्दा सचेत नभए खर्च बढ्ने छ । रोग बढ्ने देखिएकाले सचेत बन्नुपर्ने छ । शिक्षामा गरेको प्रयासबाट ढिलासुस्ती हुनेछ । पारिवारि भित्र खटपट हुनेछ । व्यवहार सुधार गर्न मिहिनेत गर्नु उचित हुन्छ ।
कर्कट : परिवारमा मेलमिलाप हुनेछ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । लगानी गरेमा फाइदा हुने योग छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ ।
सिंह : साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन् । प्राविधिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । स्वादेशमा भन्दा विदेशतर्फको आकर्षण बढ्नेछ । परिवारमा विवाद हुँदा तर्क नगर्नु राम्रो हुनेछ ।
कन्या : आज सञ्चित धन खर्च हुने जोखिम रहेको छ । साथीभाइले कुरा काट्ने भएकाले सचेत बन्नुपर्ने समय छ । आज ठुलो कारोबारको सुरुवात नगर्नु राम्रो हुनेछ । काम गर्ने नै भए सहकार्य गरेर अगाडि बढ्नु फाइदाजनक हुनेछ ।
तुला : बौद्धिक क्षेत्रमा तपाईंले गरेको कामको चर्चा हुनेछ । परिवारबाट भन्दा घर भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । साथीको माया बढ्नेछ ।
वृश्चिक : दिन राम्रो छ । सहकर्मीसँग सहकार्य गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सानो कुरामा ठुलो झन्झट आइपर्ने जोखिम देखिन्छ । आफ्न्तसँग जोगिएर काम गर्नुपर्ने दिन छ ।
धनु : दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । पठनपाठनमा रुची बढ्नेछ । कपडाको लगानीबाट फाइदा हुने योग छ । कतै घुमफिर हुनसक्ने छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । धार्मिक क्षेत्रमा मन जानेछ ।
मकर : दिन सामान्य छ । धार्मिक यात्रा हुनेछ । सञ्चित धन खर्च हुनेछ । राजनीतिक क्षेत्रमा झुक्याउने व्यक्ति धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ । यात्रामा मन शान्त हुनेछ । साथीसँगको व्यवहार सफल बन्नेछ ।
कुम्भ : तपाईंका लागि आजको दिनमा सामान्य छ । लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा पाइला अगाडि नसार्नु राम्रो हुनेछ ।
मीन : दिन सामान्य राम्रो छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा भने निरास बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । राजनीतिमा समय नदिनु राम्रो हुनेछ । पश्चिमको लामो यात्रामा नजानुहोला उचित हुन्छ। थोरै बोलेर मिहिनेत गर्नु उचित हुन्छ ।