आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

मेष : दिन राम्रो छ । शिक्षामा गरेको लगानी फाइदा हुनेछ । साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ । आफन्तलाई बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।


वृष : बोलीको प्रभावले राम्रा काम बन्नेछन् । धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ । स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ । विदेशको रमझमले तपाईंको मनलाई आकर्षिक गर्नेछ । प्रेम सम्बन्ध दीर्घकालीन बन्नेछ ।

मिथुन : आफ्नै बोलीको कारण अप्ठ्यारोमा पर्ने देखिन्छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ । मनमा उत्साह बढ्नेछ ।


कर्कट : शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ । परिवारको सल्लाह लिएर अघि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ । स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ ।

सिंह : आज पठनपाठनमा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ ।परिवारमा रमाइलो घुमघामको योजना बन्नेछ । दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नुहोला उचित हुन्छ ।

कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । मनमा कुरा खेल्नाले खटपटी हुनेछ । खर्च बढ्ने जोखिम छ । अनुत्पादक क्षेत्रको लगानीबाट बच्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा भने सुधार हुनेछ । 

तुला : थोरै लगानी भए पनि शिक्षाबाट फाइदा हुनेछ । विपक्षी साथीले पनि तपाईको प्रशंसा गर्नेछन् । बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियले मन हलुका हुनेछ । परिवारमा केही खटपटी आउनेछ । दाम्पत्य जीवन भने सुखमय बन्ला ।

वृश्चिक : शुभ समाचार सुन्नाले मन प्रसन्न हुने छ । विशेष ठाउँमा घुमफिरको योजना तय हुनेछ ।  व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ । परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ ।

धनु : स्वास्थ्यले साथ दिने छ । गोपनीयता कायम गर्नुपर्नेछ । दाम्पत्य जीवनमा झगडा हुने दिन छ । शिक्षामा गरेको लगानीबाट तपाईंलाई फाइदा हुने छ । मिहिनेतको फल मिल्नेछ ।

मकर : संचित धन खर्च हुनेछ । सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । शिक्षामा गरेको लगानी सामान्य रहेको छ । पढाइमा आलश्य बढ्नेछ । पारिवारिक सुत्रले भने तपाईंको राम्रो रेखदेख गर्नेछन् ।

कुम्भ : सानातिना कुराले मनमा झन्झट पैदा हुनेछन् । शत्रु बढ्ने देखिन्छ। राज्यको तर्फबाट भयत्रास बढ्नेछ । धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।  

मीन : आज खर्च बढ्नेछ । बोल्नुअघि सोच्नु राम्रो हुनेछ । धार्मिक कार्यमा मन जानेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्धमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ ।