यी हुन पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा

यी हुन पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा

यौन जिज्ञासासँगै मानिसहरू यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् । तर यस्ता विषयलाई अपराध झैँ गर्ने समाज भएको हाम्रो जस्तो देशमा थाहा भएकाहरूले समेत धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् ।

जसले अर्को समस्या समेत निम्ताउन सक्छ । यहाँ हामी पहिलो पटकको यौन सम्पर्कका बारेमा मानिसहरूमा उत्पन्न हुने धेरै प्रकारको कौतुहल र जिज्ञासाका उत्तर दिने प्रयासमा छौँ ।

– पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यति बेला एक अर्काको शारीरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् ।

– यदि तपाईँ पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दै हुनुहुन्छ भने यो तपाईँको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो झुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।

– महिलाहरू माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईँ पहल गर्नुहोस् र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।

– महिलाहरूले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको कुरा गर्नुपर्दैन । यो तपाईँको पहिलो पटकको सेक्स भएका कारण तपाईँको पार्टनरले तपाईंलाई बुझ्नुहुनेछ ।

– यदि तपाईँ आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँ गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् तपाईँको पहिलो सेक्स अनुभव राम्रो नभए पनि यसमा डराउनु र आत्तिनुपर्ने छैन किनभने यो समयसँगै राम्रो हुँदै जान्छ ।

– धेरैजसो मानिसहरू पहिलो पटकको सेक्स गर्नु पूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन । पहिलो पटकको लभ पेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईँ के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ ।

– विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरूमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो ।

– पहिलो पटकको सेक्स पीडादायक हुन्छ: पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरूको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोर प्ले गरियो र तपाईँ यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ ।