पाल्पा । पाल्पाको रामपुरस्थित सहिद बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना स्थगित भएको छ।
मंगलबार दिउसो मतदान सम्पन्न भएपछि मतगणना भईरहँदा केही विद्यार्थीहरुले मतगणना स्थलमा होहल्ला गरेपछी प्रहरीले हवाई फायर गरेको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार मतगणना भइरहँदा बदर र सदर मतको विषयमा विद्यार्थी संगठनहरुका बीचमा विवाद भएपछी मतगणना स्थलमा विद्यार्थीहरुले होहल्ला गर्दै मतगणना कार्य बिथोलिएका थिए।
मतगणना कार्य बिथोल्दै विद्यार्थीहरुले होहल्ला गरेपछि भिड नियन्त्रण गर्न हवाई फायर गर्नुपरेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए। हवाई फायरपछि अहिले मतगणना कार्य स्थगित भएको छ। प्रहरी नायब उपरीक्षक मल्लले अहिले मतगणना कार्य सुचारु गर्न विद्यार्थी संगठनहरुका बीचमा छलफल भइरहेको जानकारी दिए। प्रहरी नायब उपरीक्षक मल्लका अनुसार ९७ मात्र मत गणना गर्न बाँकी छ।
उक्त क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुका तर्फबाट राजन गौतम र नेविसंघका कशम मल्लको नेतृत्वमा विद्यार्थीहरु निर्वाचनमा गएका थिए।