पीएन क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

पीएन क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

काठमाडाैँ । पृथ्वीनारायण क्याम्पस, पोखरामा आज तय गरिएको स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ। 

अध्यक्ष पदका एक उम्मेदवारको नाम नछापिएको मतपत्र वितरण भएपछि उत्पन्न विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो। सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवार प्रतिनिधिबीच सहमति नजुटेपछि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पौडेलले जानकारी दिए। 

अब निर्वाचन कहिले सञ्चालन हुने भन्नेबारे निर्णय भइसकेको छैन। मतदाता, उम्मेदवार तथा सरोकारवालाहरूलाई संयम अपनाउन आग्रह गरिएको छ। आज विश्वविद्यालयअन्तर्गतका क्याम्पसबाहेकका अधिकांश क्याम्पसमा धमाधम मतदान भइरहेको छ। केहीमा तालाबन्दी भएको छ भने केहीमा विवादले मतदान हुन सकेको छैन।