तुम्लिङटारबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या

तुम्लिङटारबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या

सखुवासभा। संखुवासभाको तुम्लिङटार विमानस्थलबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रद्द भएको छ।

बुद्ध एयरको उडान नं. २८२ को कल साइन ‘९एन–एवसी’ जहाजको इन्जिनमा समस्या देखिपछि उठान रद्द भएको हो।

दिउँसो १२:१७ बजे तुम्लिङटार अवतरण भएपछि बुद्ध एयरको दाहिने साइडको पङ्खामा प्राविधिक समस्या देखिएपछि उडान रद्द भएको तुम्लिङटार विमानस्थलका प्रमुख नवराज दाहालले बताए।

उनका अनुसार काठमाडौँबाट तुम्लिङटार अवतरण भए लगत्तै बुद्ध एयरको दाँहिने साइडको पङंखामा रहेको जेनेरेटरमा प्राविधिक समस्या देखिएको थियो।

बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि तुम्लिङटार विमानस्थलदेखि काठमाडौँ उड्न लागेका यात्रु ३ घण्टा बढी तुम्लिङटार विमानस्थलमै रोकिएका थिए ।

इन्जिनमा प्राविधिक समस्या देखिएकाले अर्को जहाज मार्फत काठमाडौँ ल्याइएको छ । उक्त जहाजमा ३ बालबालिकासहित ६४ जना र चालक दलका चार सदस्य थिए ।

उक्त जहाज मर्मतका लागि अर्को जहाज मार्फत प्राविधिक झिकाइएको छ । तुम्लिङटार विमानस्थलमा निजी कम्पनीका विमानले उडान भर्दै आएका छन् ।

यहाँबाट संखुवासभा,भोजपुर,धनकुटाका बासिन्दा लाभान्वित भएका छन् ।

तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिढभाड हुने गर्दछ । तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर–७२ ले दैनिक उडान भर्दै आएको थियो ।

धावनमार्गको स्तरोन्नति भएसँगै १ बर्षदेखि बुद्ध एयरको एटीआर ७२ सिटको जहाजले दैनिक उडान भर्ने थालेको थियो ।

विश्वकै पाँचौ अग्गो हिमाल मकालु,अरुण तेस्रो जलविद्युत आयोजना,पर्यटकका लागि छोटो दूरीको उडानका कारण यहाँको विमास्थल व्यस्त देखिन्छ ।।