काठमाण्डौ
– प्रधानमन्त्री केपी शर्मा
ओलीले बुधबार मन्त्रिपरिषद्
हेरफेरको तयारी गर्नुभएको छ
। मंगलबार मन्त्रीहरुको
छलफलमा प्रधानमन्त्रीले बुधबार आज मन्त्रिपरिषद
हेरफेर गर्ने संकेत गर्नुभएको
हो । मंगलबार हिजो
भएको छलफलमा प्रधानमन्त्री
ओलीले बुधबारका लागि
सार्वजनिक कार्यक्रम नराख्न र
काठमाण्डौ छाडेर बाहिर नजान
मन्त्रीहरुलाई आग्रह पनि गर्नुभएको
छ ।
प्रधानमन्त्री
ओलीले पार्टीका अर्का
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
र आफू निकट
केही मन्त्री तथा
नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेरको
तयारी गर्नुभएको हो
। स्रोतका अनुसार
५ देखि १०
जनासम्म मन्त्री परिवर्तन हुन
सक्नेछन् ।
मन्त्रीबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेबारे दुई अध्यक्षबीच लामो समयदेखि छलफल हुँदै आएको छ । मन्त्रिपरिषद हेरफेरलगायतका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे १२ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा पार्टी एकताका बाँकी काम र समसामयिक अरु राजनीतिक विषयमा छलफल हुने नेकपाले जनाएको छ ।
एकताको धेरै काम
सकिए पनि केही
कमिटीको काम अझै
बाँकी छन् ।
पार्टी एकता भएको
डेढ वर्ष बिते
पनि एकताको काम
अझै सकिएको छैन
। गएको आइतबारको
सचिवालय बैठकले प्रवास समन्वय
कमिटी गठन गरेको
थियो ।