मन्त्रिपरिषद् पुनर्गठन बुधबार, प्रधानमन्त्रीले मन्त्रीलाई गराए हेरफेरको जानकारी

मन्त्रिपरिषद् पुनर्गठन बुधबार, प्रधानमन्त्रीले मन्त्रीलाई गराए हेरफेरको जानकारी

काठमाडौँ : लामो चर्चापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेरको जानकारी मन्त्रीहरुलाई गराएका छन् । मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीलाई बुधबारदेखि औपचारिक कार्यक्रम नराख्न पनि सुझाव दिएका छन्।

लामो चर्चा चले पनि को को मन्त्री बाहिरिने अझै निश्चित भइसकेको छैन। मन्त्रीहरुको नामावलीबारे सुझाव दिन बुधबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाइएको छ ।

प्रधानमन्त्रीले मन्त्रीहरुलाई औपचारिक कार्यक्रम बुधबार नै नराख्न जानकारी गराएसँगै बुधबार नै मन्त्री फेरिने पनि संकेत गरेका छन्।