नेपाली भूमि अतिक्रमण विरुद्ध प्रदर्शन गर्ने नेविसंघका कार्यकता पक्राउ
नेपाल डेली
सोमबार, ०२ मंसिर २०७६, २० : ५३ मा प्रकाशित
नेबि सघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्यामोअसको आयोजनामा भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा राजधानीको बालाजु क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको छ।
सो क्रममा प्रहरीले नेविसंघका २१ नेता कार्यकर्तालाई पक्राउ समेत गरेको छ भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शुशिल भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।