कांग्रेसले किन बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक ?

कांग्रेसले किन बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार बिहान  १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने छ । 

पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको  केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

बैठकमा काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यसमितिका सभापति र पदाधिकारीहरू सबैलाई उपस्थित हुन भनिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । डडेलधुरामा रहेका पार्टी सभापति शेरबहादुर देउवा ढुङ्गानाको निधनपछि काठमाडौँ फर्किसकेका छन् ।