काठमाडौं । नागढुंगा सडक आजदेखि आउँदो मंसिरर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ ।
नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म बिहान ११ देखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुने जनाएको छ ।
उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०र२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्न समेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।