‘झाँक्री’ प्रकाश भुजेलको साथमा भेटिएन लाइसेन्स, अघि बढ्यो कारबाही

‘झाँक्री’ प्रकाश भुजेलको साथमा भेटिएन लाइसेन्स, अघि बढ्यो कारबाही

काठमाडौं । दुर्घटना गराएर फरार भएका झाँक्री भनिने प्रकाश भुजेल पक्राउ परेपछि हिरासत छन् । प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका उनको साथमा सवारी चालक अनुमति पत्र नपाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बा १९ प २६९५ नम्बरको गाडी खानतलासीको क्रममा सवारी धनी दर्ता किताब (ब्लुबुक) मात्र भेटिएको छ । ‘उनले लाइसेन्स छ भन्नुभएको छ । तर, कहिले घरमा छ भन्नुभएको छ । कहिले हरायो भन्नुहुन्छ । कसैलाई ल्याउन लगाउँछु भन्नुभएको छ । अहिलेसम्म ल्याउनसक्नुभएको छैन । अनुसन्धान जारी राखेका छौँ’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

भुजेलले चलाएको गाडीले हिजो शंकरापुरमा बागमतीप्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, घटनास्थलमा आक्रोशित स्थानीयको भीड

उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकललाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

कारको ठक्करबाट मोटरसाइकल चालकको नगरकोटीको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेकी उनकी श्रीमती किसानुमाया नगरकोटी भने घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था समेत खतरामा छ ।