इमेज सहकारी ठगी प्रकरण :बागलुङ कारागारमा रहेका ढोरपाटनका मेयर नेपालीलाई कास्की ल्याइयो

इमेज सहकारी ठगी प्रकरण :बागलुङ कारागारमा रहेका ढोरपाटनका मेयर नेपालीलाई कास्की ल्याइयो

पोखरा । इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कास्की ल्याइएको छ । 

उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए । नेपालीलाई आजै पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको हो । 

पोखरामा रहेको इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याइएको हो । ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।