काभ्रे । काभ्रेमा आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा २८ वर्षीय फुर्सङ तामाङ रहेका छन्। रोशी गाउँपालिका-३ भन्ज्याङ डाँडामा यही कात्तिक १६ गते उनले ६९ वर्षीया माइली तामाङको हत्या गरेका थिए।
मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको हो। उनले आमाको हत्या गरेर सुन र गरगहना लिएर भागेका एसपी वसुन्धरा खड्काले बताइन्। घटनामा छोरासँगै अन्य २ जनालाई पक्राउ गरिए पनि अनुसन्धानपछि सोमबार छाडिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फुर्साङले भान्सा कोठामा सुतिरहेको अवस्थामा मसला पिस्ने सिलौटो ढुंगाको लौरोले टाउकोमा प्रहार गरी अचेत अवस्थामा रहेकी आमालाई पुनः नजिकै ढोकाको आग्लोले प्रहार गरी मृत्यु भएपछि कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई भागेका थिए।
उनलाई कात्तिक १८ गते पक्राउ गरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी खड्काले बताइन्। छोराको साथबाट ९ हजार नौ सय नगद र सुन बरामद गरिएको प्रहरीले जनाएको छ।