झुलाघाट नाका चार दिन बन्द हुने

झुलाघाट नाका चार दिन बन्द हुने

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।