केशरमहलदेखि सञ्चयकोष भवन जाने सडक बन्द

केशरमहलदेखि सञ्चयकोष भवन जाने सडक बन्द

काठमाडौं । केशरमहल–सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द भएको छ ।

विद्युत तार अन्डरग्राण्ड गर्ने काम भइरहेकाले उक्त सडक खण्ड बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले जनाएको छ ।

अहिले काम भइरहेकाले केशरमहल चोकबाट सञ्जयकोष हुँदै ठमेल निस्कने सडकमा सवारी साधनलाई प्रवेश रोक लगाइएको हो । अहिले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्स मोड हुँदै ठमेलतर्फ जान सकिने ट्राफिकले जनाएको छ ।