मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर

मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर

मकवानपुर।  मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्।

भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौंबाट जनकपुर जाँदै गरेको बा. ३ख २७२३ नम्बरको मिनिबस र हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा. २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको थियो। बा. २ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए। उनका अनुसार, गम्भीर घाइते ६ सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।