खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुँदै, हेटौंडाबाट ५ ट्रकमा समान लगिँदै

खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुँदै, हेटौंडाबाट ५  ट्रकमा समान लगिँदै

सिन्धुली । खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुने भएको छ। हेटौंडाबाट बेलिब्रिजका सामान लगेर तत्काल जोडिने भएको हो। 

लगातारको वर्षाले गत हप्ता सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएको थियो। रामेछाप जोड्ने बीपी राजमार्ग अस्थाई रुपमा खोल्ने प्रयास भइरहदाँ सुनकोशीमा बेलिब्रिज राख्ने तयारी भैरहेको सडक डिभिजन कार्यलय खाल्टेले जनाएको छ।

‘हेटौडाबाट बेलिब्रिजका समान मगाएका छौँ। ४–५ वटा ट्रकमा समान आउँदै छौँ,’ डिभिजन कार्यालयका इन्जिनियर प्रदिप तमाङले भने, ‘बेलिब्रिज जोड्न २ हप्ताबढी लाग्ने देखिन्छ।’

उनले रामेछाप जोड्न सित्खा र दोलखा हुँदै जान सकिन्छ। खुर्कोटको पुल बगेपनि सडक सम्बन्ध भने टुटेको छैन। ‘नेपाली सेना र हाम्रा प्राविधिक लागेर बनाउने हो। कति दिनलाग्छ भन्ने अहिले नै भन्न सकिँदैन,’ उनले भने, ‘दसैँअघि नै पुल सञ्चालन गर्न सक्ने त देखिँदैन।’