विपद र चाडपर्व एकसाथ आउँदा हवाई चाप बढेको हो : मन्त्री पाण्डे

विपद र चाडपर्व एकसाथ आउँदा हवाई चाप बढेको हो : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएकाले हवाई चाप बढेको बताएका छन्।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। 'विपद र महान चाडहरूसँगै आएकाले हवाई चाप बढेको छ। यसलाई कसरी न्यायोचित बनाउने भन्ने कुरामा हामी निरन्तर काम गरिरहेका छौं,' उनले भने।

मन्त्री पाण्डेले यात्रुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए। उनले पर्यटन मन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरू परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरू बनाएर सुदृढीकरण गर्ने बताए।

मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ, संस्थाहरूले सत्य, तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए। मन्त्री पाण्डेले नेपालको हवाई आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरेका छन्।