प्रहरी हिरासतबाटै भागे ८ थुनुवा

प्रहरी हिरासतबाटै भागे ८ थुनुवा

धनुषा । धनुषामा प्रहरी हिरासतबाटै ८ जना थुनुवा फरार भएका छन्।आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ। हिरासतबाट ९ जना फरार भएका थिए ती मध्य एक जनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फरार हुनेमा लागु औषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया रहेका छन्। त्यस्तै अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन्।

फरार भएकाहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। घटनाबारे विस्तृत बुझ्न आफू जिल्ला प्रहरी कार्यालय जान लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए।