चिनीको प्रयोग गरेर यसरी हटाउनुहोस् काखीको रौँ

चिनीको प्रयोग गरेर यसरी हटाउनुहोस् काखीको रौँ

शरीरमा रौँ हुनु स्वाभाविक हो । तर पछिल्लो समयमा शरीरको हरेक स्थानमा रौँ सफा गर्ने चलन बढ्दै गएको छ । 

युवतीहरू गर्मी मौसम सुरु हुनासाथ छोटा कपडा लगाएर खुलेर हिँड्न रुचाउने गर्छन् यस्ता खालका कपडाहरू लगाउँदा उनीहरूको काखीमा हुने कालोपन र रौँ देखिने तथा पसिना आउने हुँदा आफूलाई अरूको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन् । 

काखीमा कालो दाग बस्नुका धेरै कारणहरू हुने गर्दछन्, जसमध्ये केही भने काखी राम्रोसँग सफा नगर्दा र कसैको चाहिँ धेरै प्रकारका कस्मेटिक सामग्रीहरू प्रयोग गर्नाले यस्तो हुन्छ । 

जसको कारण शरीरमा थुप्रै रोगहरू लाग्न सक्ने सम्भावना पनि हुन्छ यो समस्याबाट मुक्ति पाउनको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ ।

जस्तैः–चिनी चिनीको प्रयोगबाट काखीमा भएको कालो भाग हटाई शरीरको अन्य भाग सरह गोरो हुने गर्छ पहिला १ कटौरामा चिनी हाल्नुहोस् त्यस पनि यसलाई महसँग मिक्स गर्नुहोस् । 

त्यसपछि चिनी र महलाई राम्रोसँग मिक्स गरेर काखीको वरिपरि लगाउनुहोस् काखीको वरिपरि लगाइसकेपछि यसलाई करिब १५ मिनेट जति छोड्नुहोस् र सफा पानीले पखाल्नुहोस् । 

त्यसपछि खरानीको लेपलाई पुन फेरी महसँग मिश्रण गर्नुहोस् र यसलाई पनि काखीको वरिपरि लाई १५ मिनेट जति छोड्नुहोस् र त्यसपछि सफा पानीले पखाल्नुहोस् यसरी काखीमा हुने कालो भागलाई सजिलै हटाई शरीरको अन्य भाग जस्तै गोरो पार्न सकिन्छ ।