भीमफेदी कारागारबाट कैदी भागे

भीमफेदी कारागारबाट कैदी भागे

हेटौंडा : कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका एकजना कैदी भीमफेदी कारागारबाट भागेका छन् । सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन् ।सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको कारागारको १२ फिट अग्लो पर्खाल नाघेर धामी भागेको कारागारका जेलर प्रकाश खनालले बताए ।

राति कैदी फरार भएको खबर पाएपछि खोजी थालिएको कारागारले जनाएको छ ।कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय भोगिरहेका थिए ।