यी हुन् जिबी राईसहित सहकारी प्रकरणमा फरार रहेका २९ व्यक्ति

यी हुन् जिबी राईसहित सहकारी प्रकरणमा फरार रहेका २९ व्यक्ति

काठमाडौँ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै समितिले फरार रहेका २९ जनाको नामसमेत सार्वजनिक गरेको छ। 

विभिन्न सहकारीमा रही फरार रहेका २९ जनाको नाम सार्वजनिक गरेको हो। अनुसूची-७ मा फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारीका सञ्चालकहरू उपस्थित गराउन भन्दै सरकारलाई निर्देशन समेत दिइएको थियो। तर उनीहरू सम्पर्कमा आएका थिएनन्। 

स्वर्णलक्ष्मी सहकारीका गितेन्द्रबाबु (जिबी) राई, सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, निमित्तराज श्रेष्ठ फरार रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढामगर, भूपेन्द्र राई, शिवशिखरका तेजबहादुर बम्जन लगायत २९ जना फरार छन्।

सूची: