रोशनीको बयान: रवि लामिछानेको नाममा खाता खोलेको हो‚ ग्लोबल बैंकमा २ करोड जम्मा गरेको हो

रोशनीको बयान: रवि लामिछानेको नाममा खाता खोलेको हो‚ ग्लोबल बैंकमा २ करोड जम्मा गरेको हो

काठमाडौँ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएकी छन् । 

शुक्रवार संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उनले सो बयान दिएको उल्लेख छ । उनले व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको पनि स्वीकार गरेकी छन् ।