काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय भण्डारीको चारित्रिक प्रमाणपत्र झूटो भएको पाइएको छ ।
प्रहरीले गरेको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीबाटै उक्त प्रमाणपत्र लिएको खुलेको हो ।भण्डारीले कीर्ते गरेर चारित्रिक प्रमाणपत्र बनाएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो ।
ठगीमा मुद्दा परेर दोष ठहर भई जेल सजायसमेत भोगेका भण्डारीले कोटीहोम आयोजना गर्नुअघि प्रहरीबाट चारित्रिक प्रमाणपत्र बनाएका थिए । पशुपति कोटीहोम आयोजना भइरहेका बेला उनको आपराधिक गतिविधिमा संलग्नतालाई जोडेर समाचारहरू आएपछि उनले चारित्रिक प्रमाणपत्र सार्वजनिक गरेका थिए ।
त्यसपछ काठमाडौं प्रहरी परिसरले यो विषयमा छानबिन गर्न समिति बनाएको थियो । उक्त समितिको छानबिनबाट प्रहरीले नै झूटो चारित्रिक प्रमाणपत्र दिएको खुलेको हो । काठमाडौं प्रहरी परिसरले चारित्रिक प्रमाणपत्र दिने प्रहरीलाई कारबाही गर्ने तयारी गरेको छ ।