काठमाडौं । काठमाडौंको वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेहरू र वाग्मती कोरिडोरबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । धोवी खोला र विष्णमतीमा पनि बाढी आएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ ।