साउदी । अध्ययनका लागि कोरिया पुगेकी इलाम– १ माई नगरपालिकाकी २० वर्षीया सोनु श्रेष्ठको मृत्यु भएको छ । उनको हृदयघाटबाट मृत्यु भएको हो।
पोस्टमार्टम रिपोर्टले उनको मृत्यु हृदयघातका कारण भएको देखाएको छ। उनको शव आफन्तलाई समेत जिम्मा लगाइएको छ । शवको उल्सान अस्पतालमा पोस्टमार्टम गरिएको थियो।
६ महिनाअघि उनी विद्यार्थी भिषामा दक्षिण कोरिया पुगेकी थिइन्। उनी कोरियाको उल्सान नामक विश्वविद्यालयमा अध्ययनरत थिइन्। मृतक सोनुका बुवा लिलाकुमार श्रेष्ठको पनि ३ महिनाअघि वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएको थियो। उनको गत जेठमा मृत्यु भएको थियो। मृतक सोनुको घरमा ४५ वर्षीया आमा, बहिनी र भाइ छन्।
उनीहरू गाउँमै सामान्य खेती किसानी काम गर्छन् । सोनुको शव नेपाल ल्याइने तयारी भएता पनि आर्थिक अभावका कारण ढिलाइ हुने देखिएको छ ।