मनसुनको  न्यून चापीय रेखा सरदर स्थानको आसपास , सतर्कता अपनाउन अनुरोध

मनसुनको  न्यून चापीय रेखा सरदर स्थानको आसपास , सतर्कता अपनाउन अनुरोध

काठमाडौं स् हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 

विभागका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने छ । त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका  एक–दुई स्थानमा  धेरै पानी पर्ने सम्भावना छ ।                                                                                      

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ ।