मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

काठमाडौं : काठमाण्डौको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान गोकुलबहादुर रोकायको मृत्यु भएको छ । आज बिहान बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका रोकायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको छ । प्रदीप सशस्त्र प्रहरी बल राष्ट्रिय प्रतिष्ठान मातातीर्थमा तालिमरत रहेको पनि प्रहरीले जनाएको छ ।