प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

काठमाडौँः प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकारमा नियुक्त गरेको हो । थापा नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचार विभाग उपप्रमुख पनि हुन्।

यसअघि शुक्रबार बिहान सल्लाहकार डा. कुन्दन अर्यालसहितले दिएको राजीनामा स्वीकृत गरिएको थियो। थापा यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा पनि सल्लाहकार भइसकेका छन्।

थापा तत्कालीन एमाले निकट रहेका नवयुग तथा बुधबार साप्ताहिकको सम्पादक समेत रहिसकेका छन्।