काठमाडौं । आज बिहानबाट देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले विभागले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ ।
आज राति कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।