ब्याक भए प्रस्तावित आयुक्त कृष्णमान, संसदीय समितिमा दिए यस्तो निवेदन

ब्याक भए प्रस्तावित आयुक्त कृष्णमान, संसदीय समितिमा दिए यस्तो निवेदन

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने-नगर्नेबारे निर्णय लिन साँझ ५ बजे संदीय सुनुवाइ विशेष समितिको बैठक बस्नुअघि नै आफ्नो नाम फिर्ता लिएका हुन् ।

प्रधानले समितिमा निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिन निवेदन दिएसँगै उनको अनुमोदनबारे निर्णय लिन डाकिएको बैठक स्थगित भएको छ ।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रधानबारे समितिमा यौन दुराचारसम्बन्धी गम्भीर उजुरी परेको थियो । उच्च नैतिक चरित्रको नभएको भन्दै उनको नाम अनुमोदन नगर्न समितिसमक्ष दबाब बढेको थियो । सोमबार बिहान ११ बजेका लागि डाकिएको बैठक विवादबीच सारिएको थियो । बैठक सारेर सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरू आन्तरिक छलफलमा जुटेका बेला प्रधानले नाम फिर्ता लिएका हुन् ।

प्रधानबारे उनकै कार्यालयमा कार्यरत महिलाले यौन शोषण गरेको आरोप लगाएकी थिइन् । पूर्व सहकर्मीले आफूलाई लामो समयदेखि यौन शोषण गरेको भन्दै समितिमा उजुरी दिएकी थिइन् । प्रधानले उक्त विषय अदालतबाट टुंगिसकेको जिकिर गरेका थिए ।