दिनेश कोइरालाको त्यो कदम अहिले परिणाम

आरेस थपलिया

दिनेश कोइरालाको त्यो कदम अहिले परिणाम

कांग्रेस र एमाले को गठबन्धन सरकार बनेपछि चुनावको बेलाको याद आयो। गठबन्धन गर्ने अनि टिकट बाँड्ने सरगर्मी चलिलहेको थियो।

दिनेश कोइराला कांग्रेसको  उर्बर चितवन क्षेत्र नम्बर ३ का कांग्रेसी मतदाताले रुख चिन्हमा मतदान गर्न पाउनु पर्छ भनेर लागि पर्नुभएको थियो। तर केन्द्रमा गठबन्धन भयो।

ठिकै छ गठबन्धनको मर्म अनुसार चितवनको अन्य कुनै क्षेत्रमा माओबादीलाई दिएर ३ कांग्रेस उमेदवारलाई दिनुपर्छ। गठबन्धनका दोस्रा नेता प्रचण्ड हार्नु भयो भने त गठबन्धनको मर्म अनि गठबन्धन दुबै रहँदैन।

प्रचण्डले आफू हार्ने तथ्यांक पाएपछि निर्वाचन क्षेत्र छोडी गोरखा लाग्नु भयो। तर क्षेत्र ओगटी राख्न अघिल्लो दिनसम्म बिरामी जाँची रहनु भएको कुशल डाक्टरलाई उमेदवार बनाउनु भयो।

अनि दिनेश कोइराला माछा चिन्ह लिएर उठ्नुभयो। चितवन ३ मा कांग्रेस उम्मेदवार थिएन। दिनेशले आफ्नो राजनैतिक कुशलता प्रयोग गरि माछालाई एमालेको समर्थन जुटाए। एमालेले दिनेश जस्तो स्वतन्त्र उम्मेदवारलाई समर्थन गरि आफ्नो उमेदवारी रद्द गर्नु आश्चर्य थियो।

दिनेश एमाले नै प्रवेश गरे भनेर प्रचार गरिएको थियो। तर मलाई थाहा छ उहाँको कांग्रेसप्रतिको लगानी, लगाव। चुनावमा दिनेशले एमालेको मञ्चबाटै  यो जुनीभरी कांग्रेस रहन्छु, म कम्युनिष्ट बन्दिनँ, जीवन र मरणको दोसाँधमा रहदा मनि मेरो नशा नशामा कांग्रेसको रगत बगिरहने छ,भन्नु भयो ।

 माओवादी अनि माओबादीसँगको गठबन्धनमा आफ्नो राजनैतिक भबिष्य सुरक्षित देख्ने कांग्रेसीहरुले दिनेशजीलाई घचेटेर एमाले बनाउन धेरै भ्रम फैलाएका थिए। चुनाव भयो नतिजा भने अनुसार भएन माओबादीले आफ्नो चरित्र अनुसार काँग्रेसलाई धोका दियो। त्यसपछि काँग्रेस नेतृत्वले दिनेशजीको कदम सत्य नजिक रहेको मनन गर्यो।


कांग्रेसले दिनेशजीको कारवाही फुक्का गरि साबिक केन्द्रीय सदस्यनै बनायो। कांग्रेस र एमाले मिलेर एकपटक देशलाई निकास दिनुपर्छ भनेर दिनेशजीले बोलेको बोल्यै गर्दा धेरै काँग्रेसीलाई हाँसो पनि लाग्थ्यो।

कांग्रेस र एमालेको समीकरण बनाउन दिनेशजीले बालकोटदेखि बुढानिलकण्ठसम्म दौड लगाइरहेको मलाई थाहा थियो।   मिडियामा समाचार पनि आइरहेको थियो।  दिनेशजीले संविधान संशोधन गर्नुपर्छ भनेर एजेण्डा नै अगाडि सारेको पनि देखियो।

दिनेशजीले कांग्रेस एमालेलाई मिलाउन भित्री भूमिका खेले पनि  प्रचण्डको बिश्वासमा लट्ठिएका शिर्ष नेताहरु पालैपालो प्रचण्ड बोक्न हानथापमै हनुहुन्थ्यो। जब प्रचण्डको अभिमान, जादुई अंकको धाकले सत्तासहयात्रीको मानमर्दन गर्न थाले अनि झस्किई   शिर्ष नेताहरु मिल्न तयार हुनभयो।

यही मिलन वा एक्ला एक्लै चुनाव लड्न , माओबादी नबोकी उसलाई पनि एक्लै चुनाव लडाएको भए न १८ महिनामा ५ पटक बिश्वासको मत लिन पर्थ्यो न अस्थिर सरकार भयो भनेर सँबिधानलाई दोष दिन पर्थ्यो।

त्यो बेला चितवन कांग्रेसले  सकेसम्म गठबन्धन नगरौं गर्नै परे जिल्लाको बास्तबिकता बुझेर जिल्लालाई छोडौँ भन्दा केन्द्रीय नेतृत्वले चितवन काँग्रेसले सम्पूर्ण गठबन्धन भत्काउन लाग्यो चितवन छोड्दा देश भरि जितिन्छ  भन्ने मनोभाव देखिन्थ्यो।

दिनेशजीको माछाले अहिले आएर परिणाम दिएको छ। एमाले कांग्रेस मिलेका छन्। राजनीतिमा आफूलाई जोखिममा पारेर, आफ्नो राजनीतिक भविष्य दाउमा राखेर पनि विचारलाई अगाडि बढाउनुपर्छ भन्ने दिनेशजीको घटनाबाट देखियो।

आफ्नो निजी राजनीतिक हितका लागि जस्तोसुकै सम्झौता गर्ने, मुखले एकथोक र व्यवहारमा अर्काेथोक गर्ने प्रवृत्ति नेपाली राजनीतिमा छ । त्यस विपरित दिनेशजीले आफ्नो राजनीतिक जीवन जोखिममा पारेर देखाएको बाटोमा कांग्रेस आइपुगेको छ ।

लुट मच्चाएर जीवन नै जोखिममा पार्ने नेताहरुको बोलवाला भएको बेला दिनेशजी जस्ता वैचारिक कारणले राजनीति जोखिममा पार्ने नेता थोरै मात्र छन्। अहिले आएर दिनेशजीको बिचारले ठाऊँ पाएको छ।

हेरौं आगे केहि थान मन्त्री नपाएर फेरि पनि अर्को गठबन्धन नबनोस् । सदन पुरै कार्यकाल , स्थिर सरकार दिई जनतामा बिश्वास जगाओस्। अर्को चुनावमा एक्ला एक्लै चुनाव लड्ने वातावरण श्रृजना गरि खुद्रा राजनैतिक पसल बन्द होस्।