डीभी–पीआर लिने कर्मचारीले अब पेन्सन पनि नपाउने, अवकाशको उमेरहद ६० वर्ष कायम

काठमाडौं : सरकारी कर्मचारीको उमेरका कारण अवकाश पाउने अनिवार्य उमेरहद ६० वर्ष कायम हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उमेरहद ६० वर्ष कायम गर्ने सहमति गरेको छ । उपसमितिको प्रतिवेदनका आधारमा समितिले सहमति गरेको हो ।
अहिले कर्मचारीको उमेरहद ५८ वर्ष कायम छ । ५८ वर्ष वा तोकिएको सेवा अवधि पूरा गरेपछि अवकाश हुने व्यवस्था छ ।

यस्तै, समितिले कर्मचारीले नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा निवृत्तिभरण नपाउने व्यवस्थामा पनि सहमति गरेको छ । विदेशी मुलुकमा स्थायी आवसीय अनुमति लिने कर्मचरीले अब पेन्सन पनि पाउने छैनन् ।

कामको सिलसिलामा कर्मचारीको मृत्यु भएमा परिवारले पाँच लाख रुपैयाँ आर्थिक सहायता पाउने पनि समितिले सहमति गरेको छ ।