समाजवादी पार्टीले तत्कार सरकार नछाड्ने

समाजवादी पार्टीले तत्कार सरकार नछाड्ने

काठमाडौं : समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । बिहीबार बसेको पार्टीको पहिलो संघीय परिषद् बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यमार्गी प्रस्ताव पेश गरेका छन् ।

भट्टराईको राजनीतिक प्रस्तावमा सरकार र सरकारसवद्ध पाटीसँग वार्ता गरेर संविधान संशोधनका लागि पहल गर्ने र नभए सरकार छाड्ने विषयमा कार्यकारिणी समितिले निर्णय गर्नुपर्ने उल्लेख रहेको एक नेताले जानकारी दिए ।

सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद् अध्यक्ष भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरकारबाट बहिर्गमन तत्काललाई टरेको छ । यद्यपि लामो समय सरकारमा बसिरहने अवस्था नभएको नेताहरुको भनाई छ ।