तपाईंको फोनमा यस्तो समस्या देखिन्छ ? पड्किन लागेको हुनसक्छ

तपाईंको फोनमा यस्तो समस्या देखिन्छ ? पड्किन लागेको हुनसक्छ

काठमाडौँ । स्मार्टफोनमा आगलागी भएको वा फोन पड्किएको खबर हामीले हरेक मौसममा सुनिरहेका हुन्छौँ । कुनै एउटै ब्रान्डको स्मार्टफोनमा मात्रै यी समस्या देखिने पनि होइन । 

हरेक ब्रान्डमा यस्ता खालका समस्याहरू आइरहेका छन् । लगभग सबै ब्रान्डका फोनमा आगो लाग्ने र बम जस्तै विस्फोट हुने समस्या देखिएका छन् । तर गर्मी मौसममा स्मार्टफोनको विशेष ख्याल राख्नुपर्छ । फोन पड्किन लागेको छ वा यसमा आगो लाग्छ भन्ने चाँहि कसरी थाहा पाउने त रु 

फोनको ब्याट्री फुलेको जस्तो लागेको छ वा फोनको ब्याक प्यानल भुक्क फुलेको जस्तो देखिएको छ भने सतर्क रहनुस् । यस्तो अवस्थामा ब्याट्री पड्किने सम्भावना धेरै हुन्छ ।

फोन अति तात्ने : तपाईँको फोन बारम्बार तातिरहेको छ भने तुरुन्तै यसलाई सर्भिस सेन्टरमा देखाउनुस् । पड्किनु अघि धेरै जसो फोनहरू तातिएको खबरहरूमा त तपाईँले पनि पढ्नु भएको होला । पड्किनु अघि स्मार्टफोनहरू तात्छ वा तातेको अवस्थामा स्मार्टफोन विस्फोट हुने सम्भावना बढी हुन्छ ।

तातो ठाउँमा फोन चार्जमा नराख्ने : फोनलाई सधैँ कम तापक्रम भएको ठाउँमा मात्रै चार्जमा राख्नुपर्छ । चार्ज गर्दा प्रायः फोन तात्छन् । तर यसो भन्दैमा फोनलाई चार्ज गर्दा फ्रिजमाथि राख्नु चाँहि हुन्न । चार्ज गर्दा स्मार्टफोनलाई कोठाको सामान्य तापक्रममा राख्नुपर्छ ।

पानीमा खसेपछि मेकानिकललाई देखाउनुस् : कहिलेकाहीँ हामीले चलाइरहेको समयमा फोन पानीमा खस्छ । लुगा धुँदा पाइन्ट वा सुरुवालको गोजी राम्ररी चेक नगर्दा पनि फोन पानीमा भिजेको हुन सक्छ । वर्षात्को मौसम छ  । घर बाहिर भएको बेलामा रेन कोट वा छाता नहुँदा पनि फोन भिज्ने गर्छ । फोन पानीमा खसेपछि हामी आफै मेकानिक बनेर यसको मर्मत गर्न थाल्छौँ । तर यस्तो गर्नु विल्कुल गलत हो । फोन पानीमा खसेको छ वा फोनमा पानी छिरेको छ भने यसमा कयौं समस्या आउन सक्छ । ब्याट्रीमा सर्ट सर्किट हुन सक्छ । यस्तो स्थितिमा फोन मेकानिलाई देखाउनुस् ।

खस्नबाट जोगाउनुस् : फोन बारम्बार खस्दा पनि ब्याट्रीमा क्षति पुग्छ र आगो लाग्न सक्छ । त्यसैले आफ्नो फोनको ख्याल राख्नुस् । यसलाई खस्नबाट बचाउनुस् ।