भारतीय नागरिकद्वारा प्रहरी कार्यालयमा बम प्रहार

भारतीय नागरिकद्वारा  प्रहरी कार्यालयमा बम प्रहार

रौतहट : भारतीय सिमानासँग जोडिएको रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ । भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुईजनाले सुतली बम प्रहार गरेका थिए ।

भारतीय नम्बर प्लेटको मोटरसाइलमा चढेर आएका उनीहरुले प्रहरी कार्यालयमै बम प्रहार गर्दा कार्यलयमा रहेका एकजना प्रहरी जवान घाइते भएका छन् । उनको नाम खुल्न सकेको छैन ।