डा.केसीको अनसन स्थगित

डडेल्धुरा : प्रा. डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा चलेकाले आफूले अनशन स्थगित गर्ने निर्णय गरेको उनले बताएका छन् ।डा. केसीले सातबुँदे माग राख्दै कात्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरु गरेका थिए ।

अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल भर्ना गरिएको छ । तर आईसीयू लगायतका सुविधा नरहेको भन्दै डेडल्धुरा अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेको थियो । आज विज्ञप्ति जारी गर्दै अनसन स्थगित गरेको जनाएका छन् ।