प्राधिकरणले थप २ ठुला उद्योगको विद्युत लाइन काट्यो

प्राधिकरणले थप २ ठुला उद्योगको विद्युत लाइन काट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता तिर्न बाँकी २ ठूला उद्योगको लाइन काटेको छ ।

प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको विद्युत लाइन काटेको हो ।प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी छ ।

ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटा उद्योगले बक्यौता तिरेका थिएनन् । जसमध्ये जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन गत शुक्रबार काटिएको थियो ।

बाँकी ५२ वटा उद्योगको पनि बक्यौता नतिरे लाइन काट्ने तयारी रहेको प्राधिकरणले जनाएको छ ।