बैतडी : सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ७ बजेर ४५ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिनुभयो ।
भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा पनि धक्का महसुस भएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो ।