काभ्रेपलान्चोकमा बस दुर्घटना एक जनाको मृत्यु,२४ घाइते

काभ्रेपलाञ्चोक– जिल्लाको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटनाग्रस्त परेको छ।सोमबार काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस अपराहन्न ४ बजे दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा २४ जना यात्रु घाइते भएको छ। १ जनाको मृत्यु भएको प्रहरिले जानकारी दिएको छ। मृत्यु हुनेको नाम खुल्न सकेको छैन। घाइते यात्रुहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जनाएको छ ।बसमा कति यात्रु सवार थिए भन्ने जानकारी न आएको प्रहरिले नेपाल डेलिलाइ जानकारी दिएको छ ।