शिक्षक र सरकारबीच आन्दोलनमा शान्ति सुरक्षा कायम गर्नेबारे छलफल

शिक्षक र सरकारबीच आन्दोलनमा शान्ति सुरक्षा कायम गर्नेबारे छलफल

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले शान्ति सुरक्षाको विषयमा गृहमन्त्रीसँग छलफल गरेका छन् । आन्दोलनको पहिलो दिन केही असामान्य परिस्थिति बन्न पुगेपछि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा गृहमन्त्रीसँग छलफल भएको हो । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको भएको छलफलमा आन्दोलनलाई शान्तिपूर्ण बनाउनेमा जोड दिइएको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । आजको छलफलमा गृहमन्त्रीसँगै शिक्षामन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी, नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी लगायतको सहभागिता रहेको थियो । पहिलो दिनको भिडलाई प्रहरीले थेग्ने सकेन । आज पनि त्यस्तै भयो भने प्रहरीले बल प्रयोग गर्न सक्ने चेतावनी दिएपछि हामीले गृहमन्त्रीसँग छलफल गरेका हौँ । मागका विषयमा कुनै छलफल भएन । आन्दोलनलाई कसरी व्यवस्थित पार्ने भन्ने विषयमा मात्र छलफल भएको हो । पराजलुलीले भनिन् । 

पहिलो दिनको आन्दोलनमा खटिएका सुरक्षाकर्मीले आज पनि त्यस्तै अवस्था आएको खण्डमा गोली चलाउने चेतावनी दिएका थिए । जसले गर्दा अप्रिय घटना हुन सक्नेतर्फ सचेत हुँदै आन्दोलनरत शिक्षक कर्मचारीले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।