आज बुटवलमा समावादी मोर्चाको कार्यक्रम, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने

आज बुटवलमा समावादी मोर्चाको कार्यक्रम, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाने भएका छन् । समाजवादी मोर्चाद्वारा  आयोजना हुने घोषणसभालाई सम्बोधन बुटवल जान लागेका हुन् । सो सभालाई मोर्चामा आबद्ध अन्य चार दलका शीर्ष नेताले पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जनता समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिए । 

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’  र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता कार्कीले जानकारी दिए ।