काठमाडौँ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई पक्राउ गरिएको एसपी सिताराम रिजालले बताए । यद्यपि शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा समेत भेटिएको थियो ।