काठमाडौँ । सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको स्थान नजिकै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गौशालाका डिएसपी नेतृत्वको टिमले घटनास्थलको अनुसन्धान गरिरहेको छ । शङ्कास्पद बस्तु डिस्पोजको तयारी गरिएको छ ।
पर्चामा लेखिएको छ:
‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठुलो प्रगति हुनेछ भन्ने आश हो । यहाँ आरडिएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला ।’