ललिता निवास जग्गा प्रकरण : १ सय ४३ रोपनी जग्गा हिनामिनाको छानबिनमा ३ सय ७६ आरोपित

ललिता निवास जग्गा प्रकरण : १ सय ४३ रोपनी जग्गा हिनामिनाको छानबिनमा ३ सय ७६ आरोपित

काठमाडौं । विभिन्न चरणमा बालुवाटास्थित ललितानिवासको १ सय ४३ रोपनी सरकारी जग्गा हिनामिना भयो । जग्गा हिनामिनामा सार्वजनिक पद र पहुँचमा रहेकाहरुले नै बढी भूमिका खेले । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पनि करिब ३०० जना भन्दा बढी व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ । जसमध्ये हालसम्म १७ जना पक्राउ परेका छन् भने अधिकांश फरार छन् । तत्कालीन मन्त्री, सचिव, कर्मचारी, बिचौलिया, जग्गाधनी तथा नक्कली मोहीहरू माथि सिआईबीको छानबिन केन्द्रित छ । 

सरकारी कागजातको किर्तेबाट संगठित अपराध कसुरमा प्रमाण संकलन पश्चात् विस्तृत अनुसन्धान थालिएको यस प्रकरणमा एकैपटक पक्राउ गर्दा बयान गर्न समया हुने भएकाले प्रहरीले क्रमैसँग पक्राउ गरिरहेको छ । यो हिनामिनामा संलग्न तीन सयभन्दा धेरै आरोपित अझै फरार छन् । केही अन्य मुलुक नै पुगि सकेको सिआईबीका उच्च अधिकृतहरुको दावी छ । तर उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन ईन्टरपोल मार्फत् पनि पहल भईरहेको छ । 

हालसम्म को–को पक्राउ परे ? 
१.कृष्णबहादुर राउत (बाहालवाला सचिव)
२.सुधीरकुमार शाह (पूर्वनिर्वाचन आयुक्त)
३.मीनबहादुर गुरुङ (व्यवसायी)
४.धर्मप्रसाद गौतम (मालपोत विभागका पूर्वअधिकृत)
५.लोकहरि घिमिरे (समरजंग कम्पनीका पूर्वप्रमुख)
६.रमेश पोखरेल (समरजंग कम्पनीका पूर्वप्रमुख)
७.शिवजी भट्टराई (पूर्ववडा सचिव)
८.गोपाल कार्की (पूर्वनासु)
९.देवनाराययण महर्जन (नक्कली मोही)
१०.ध्रुवप्रसाद अर्याल (नापी सर्वेक्षक)
११.घमानकुमार कार्की (नापीका पूर्वकर्मचारी)
१२.बाबुराजा महर्जन (नक्कली मोही)
१३.रुद्रबहादुर श्रेष्ठ (पूर्वसहसचिव)
१४.विनोद पौडेल (समरजंग कम्पनीका पूर्वलेखापाल)
१५.बालकृष्ण श्रेष्ठ (पूर्वउपसचिव)
१६.योगराज पौडेल (मालपोतका पूर्वनासु) 
१८.नारायणराज मिश्र (मालपोतका पूर्वखरिदार) 

यसरी भएको थियो अतिक्रमण 
२०४९ मा मन्त्रिपरिषद्को निर्णयको गलत व्याख्या गरी ११२ रोपनी चार आना हिनामिना भएको थियो । त्यस्तै, ०६२ मा छुटदर्ताको नाममा १२ आना, ०६६÷६७ मा विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा २५ रोपनी तथा ०६९ मा पशुपति टिकिन्छा गुठी खडा गरेर थप पाँच रोपनी जग्गा व्यक्तिको नाममा लगिएको थियो । यी चार चरणका हिनामिना प्रकरणमा सिआइबीले छुट्टाछुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ । सिआईबीका अनुसार ३७६ जना रहेका छन् । करिब ३÷४ चरणको अतिक्रमणमा २०४९ मा १ सय ४१ जना, ०६२ मा २६ जना, ०६७ मा ८६ जना र ०६९ मा १ सय २३ जनाको संलग्नता रहेको छ ।