काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका ४ जनाको बयास सकिएको छ । बिहीबार सम्ममा ४ जनाको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पद रपहुँचमा रहेका व्यक्तिहरु सँगठित भई सरकारी जग्गा हिनामिना गरेको यस प्रकरणमा अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार थुनामा रहेका मध्ये रमेश कुमार पोखरेल, घमान कुमार कार्की, बाबुराजा महर्जन र शिवजी भट्टराईको बयान सकिएको हो ।
रमेश कुमार पोखरेल समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख हुन् । पोखरेल असार १८ मा पक्राउ परेका थिए । घमान कुमारी कार्की नापी सर्वेक्षक हुन् । बालुवाटारको जग्गामा ‘नक्कली मोही’ लाई जम्मा गरेर जग्गा दाबी गर्ने कामको नेतृत्व बाबुराजा महर्जनले गरेका थिए । महर्जनले पनि ‘नक्कली मोही’ बनेर जग्गा आफ्नो नाममा लिएको भेटिएको छ । शिवजी भट्टराई तत्कालीन वडा सचिव हुन् । असार १७ मा पक्राउ परेका भट्टराईले गैर कानुनी रूपमा जग्गा व्यक्तिको नाममा लैजानका लागी आवश्यक कागजात सिफारिस गरेका थिए ।