काठमाडौं । कोशी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ ।
निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका हुन् ।
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा पुगेको हो । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर भएको थियो।