देशभर ५६ लाख ४३ हजार घरधुरी, ६७ लाख ६१ हजार परिवार

देशभर ५६ लाख ४३ हजार घरधुरी, ६७ लाख ६१ हजार परिवार

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरहरु रहेको उल्लेख गरिएको छ।  उक्त जनगणना घरहरुमा बसोवास गर्ने परिवार संख्या ६७ लाख ६१ हजार ५९ परिवार रहेको केन्द्रीय तथ्यांक विभागले बुधबार जानकारी दिएको छ ।

 

२०७८ मा जनगणना घर र परिवारको अनुपात १ः १.२० रहेको जानकारी दिँदै विभागले प्रत्येक १०० वटा जनगणना घरमा औसतमा १२० परिवारहरू बसोबास गरिरहेको पाइएको जनाएको छ ।

२०६८ को जनगणनामा यस्तो घर र परिवारको अनुपात १ः१.१८ थियो । दश वर्षअघिको परिवार सङ्ख्या ५४ लाख २७ हजार ३०२ रहेका थिए । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ५३१ (२४.५७ प्रतिशत) परिवार थप भएको विभागको तथ्यांकमा उल्लेख छ ।