६ लाख ५४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

६ लाख ५४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौ । सरकारले माग गरेको ६ लाख ६४ हजार डोज कोरोना भाइरसविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुबिधा अन्तर्गतको उक्त परिमाणको फाइजर खोप शुक्रबार काठमाडौँ आइपुगेको हो ।

यसअघि कोभ्याक्स सुविधामार्फत् फाइजर खोपको १ लाख ६२० डोज कात्तिकको दोस्रो साता प्राप्त गरेको थियो ।

अहिले प्राप्त भएको उक्त खोप प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, प्रदेश नं २ को सप्तरी, धनुषा, पर्सा, बागमती प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशको कास्की र बाग्लुङ लगायतका जिल्लाहरुमा दिने सरकारको तयारी छ ।

त्यस्तै लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइनेछ । 

यी बाहेकका ५७ जिल्लामा अमेरिकी खोप मोडर्नाको पहिलो डोज लगाइँदैछ ।